+
+

बागलुङका ६ पालिकामा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १४:२८

१२ वैशाख, बागलुङ । नेपाली कांग्रेसले बागलुङको स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ ।

सत्तारुढ गठबन्धनबीचको उम्मेदवार भागवण्डामा १० स्थानीय तहमध्ये ६ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख पाएको कांग्रेसले सोमबार दिउँसो उम्मेदवार टुङ्ग्याएको हो ।

बागलुङ नगरपालिकामा बसन्तकुमार श्रेष्ठ कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्ने भएका छन् । गलकोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरे, काठेखोला गाउँपालिका अध्यक्षमा राजु थापा, बडिगाड गाउँपालिका अध्यक्षमा गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिका अध्यक्षमा जोकलाल बुढा र निसिखोला गाउँपालिका अध्यक्षमा सूर्यबहादुर घर्तीलाई उम्मेदवार चयन गरिएको कांग्रेसका एक जिल्ला नेताले बताए ।

कांग्रेसले उपप्रमुखको रुपमा जैमिनी नगरपालिकामा हरिहर शर्मा, ढोरपाटन नगरपालिकामा धनबहादुर कायत कल्याण, ताराखोला गाउँपालिकामा भीमबहादुर रोका र बरेङ गाउँपालिकामा दिलिप पुनलाई उम्मेदवार बनाएको हो ।

जिल्लाका १० वटै पालिकामा ४ बजे भित्र एकसाथ मनोनयन दर्ता गर्ने तयारी रहेको नेपाली कांग्रेसका जिल्ला सभापति जित शेरचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?