
१२ वैशाख, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट दुई जना टिकट लिएर मनोनयन दर्ता गर्न पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर चिरञ्जीवी हमाल र प्रल्हादकुमार क्षेत्री मेयरको उम्मेदवारी दर्ता गर्न गएका थिए ।
तर पछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले हमाल नै आधिकारिक उम्मेद्वार भएको पत्र पठाएका थिए ।
त्यसपछि आयोगले उनलाई कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गरेको छ ।
टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4