
१२ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकातर्फबाट चिरिबाबु महर्जनले मनोनयन दर्ता गरेका छन् ।
सत्ता गठबन्धनबीचको सहमति अनुसार कांग्रेसको भागमा परेको ललितपुरको मेयरमा महर्जनले टिकट पाएका हुन् ।
गठबन्धनकातर्फबाट उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज वज्राचार्यले मनोनयन दर्ता गरेका छन् ।
यो पटक सत्तारुढ गठबन्धनबाट मेयर बनेका महर्जन ललितपुरको निवर्तमान मेयर पनि हुन् ।
२०७४ सालकाे चुनावमा उनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई हराएका थिए ।
व्यञ्जनकार यसपटक पनि एमालेबाट मेयर उठेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4