
१२ वैशाख, काठमाडौं । वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट दीपक तिमल्सिनाले मनोनयन दर्ता गराएका छन् ।
सोमबार पार्टी कार्यकर्ता र शुभचिन्तकसहित गाउँपालिका कार्यालय भुम्लिचोक पुगेर तिमल्सिनाले मनोनय दर्ता गराएका हुन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा पार्वती गुरुङले मनोनयन दर्ता गराएकी छिन् ।
गोरखामा पाँच दलीय गठबन्धनको प्रयास सार्थक नभएपछि पार्टीहरुबीच छुट्टाछुट्टै मनोनयन दर्ता गर्न थालेका छन् ।
२०५२ सालमा नेकपा माओवादीको स्थापनाकालदेखि नै पार्टी समस्य रहेर २०५७ सालदेखि पूर्णकालीन कार्यकर्ता बनेका ४७ वर्षीय तिमल्सिना २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग २७४ मतले पराजित भएका थिए ।
माओवादीले गाउँपालिकाका आठवटै वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ । १ नम्बर वडामा तोकमान गुरुङ, २ मा यामबहादुर थापा, ३ मा हरि पन्त, ४ मा हरिबहादुर कार्की (राम), ५ मा पवनमान वयलकोटी, ६ मा तुलबहादुर गुरुङ, ७ मा तुलसी रेग्मी र ८ मा कोकिल पुलामी मगरले वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया 4