
१२ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेले वीरगञ्जको मेयरमा टिकट दिने पक्का भएपछि उनले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका थिए ।
सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रया दिंदै उनले जनताले आफ्नो अमूल्य मत दिएर आफूलाई जिताउने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रतिस्पर्धाको हिसावले महानगरमा दुईजना मात्रै उम्मेदवार छन् । जसले गर्दा मेरो प्रतिष्पर्धी नै छैन जस्तो लाग्छ । त्यो पार्टी (जसपा)मा बस्दा पनि सबैले माया गरेकै थियो । अहिले एमालेमा आउँदा पनि जनताले साथ दिने विश्वास गरेको छु ।’
उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
सरावगीसँगै राप्रपाबाट गिरीश गिरी, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीले पनि मेयरमा मनोनयन दर्ता गरेका छन् ।
स्वतन्त्रबाट प्रभात सिँह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिँह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सञ्जिव कुमार यादव, कैलाश प्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिँह, रोज मियाँ अन्सारीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
अहिलेसम्म वीरगञ्ज महानगरपालिकाको मेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4