
१२ वैशाख, रोल्पा। वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि रोल्पाको गंगादेव गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् ।
चुनावी तालमेलका लागि भएको सहमति अनुसार गाउँपालिका अध्यक्षसहित सबै वडाध्यक्ष र २६ वटा वडा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको छ । नेकपा एकीकृत समाजवादीले उपाध्यक्षसहित २ जना वडा सदस्य पाएको छ ।
सहमति पत्रमा नेकपा माओवादी केन्द्रका कार्यदल संयोजक भक्तवहादुर वली र नेकपा एकीकृतका कार्यदल संयोजक नीमवहादुर डाँगीले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार नेकपा माओवादी केन्द्रले अध्यक्षमा वीरवहादुर खत्री लाई उठाउने भएको छ भने नेकपा एकीकृत समाजवादीले गाउँपालिका उपाध्यक्षमा नेपवहादुर डाँगीलाई उमेदवार वनाउने भएको छ ।
हेर्नुस् सहमति पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4