
१२ वैशाख, पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेस कार्यकर्ताले आफ्नै उम्मेदवारलाई मनोनयन गर्दा गर्नबाट रोक लगाएका छन् ।
बिहानैदेखि निरन्तर नाराबाजी गर्दै बाटो रोकेका कारण गाउँपालिका प्रमुखमा मनोनयन दर्ता गर्न पुगेका आनन्द सुवेदीलाई रोकेका हुन् ।
स्थानीय नेता कार्यकर्ताको निरन्तर अवरोधपछि अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गरिएको छ ।
सुवेदीलाई हटाएर अधयक्षमा गिमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई उठाउने निर्णय भएको रुपा गाउँपालिकाका प्रकाश खनालले जानकारी दिए । खनाल पनि यस पटक नेपाली कांग्रेसबाट पालिका प्रमुख आकांक्षी थिए ।
रुपामा नेकपा एमालेबाट भने हालकै जनप्रतिनिधि दोहोरिएका छन् । पालिका प्रमुखमा नवराज ओझा र उपप्रमुखमा लालसुबा गुरुङले मनोनयन दर्ता गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4