
सामसङ्ग इलेक्ट्रोनिक्स कम्पनीले आइतबार नेपालमा ग्यालेक्सी ए ७३, ए ५३ र ए ३३ फोन सार्वजनिक गरेको छ । सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङ्गजन पार्क, निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयूक्त रुपमा यी उत्पादनको अनावरण गरे ।
नयाँ ग्यालेक्सी ए सिरिजमा ५ जी कनेक्टिभिटी, रक्षात्मक ग्रेड सुरक्षा, वातावरण सचेत, स्टाइलिस र छरितो डिजाइन तथा उन्नत सम्पर्क अनुभव उपलव्ध रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी ए ७३ को ८/२५६ जीबीको मूल्य ७२ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो खैरो, पुदिना र सेतो रङ्गमा उपलब्ध छ ।
त्यस्तै ग्यालेक्सी ए ५३ को ८/१२८ जीबीको मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो कालो, नीलो र आरु रङ्गमा पाइन्छ । ग्यालेक्सी ए ३३ को ८/१२८ जीबीमा मूल्य ४६ हजार ९९९ मा उपलब्ध छ र यो पनि कालो, नीलो र आरु रङ्गमा पाइन्छ । यी उत्पादनमा मासिक किस्ता(ईएमआई) को सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको समापन मिडियाको लागि आकर्षक लक्की ड्र गरेर गरिएको थियो, जसमा ३ जना भाग्यशाली विजेताहरुले नयाा मोडलका सेटहरु प्राप्त गरेका थिए ।
प्रतिक्रिया 4