
१२ वैशाख, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले टिकट नदिएपछि असन्तुष्ट बनेकी नेतृ रम्भा मिश्रले वीरगञ्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
नेकपा एमालेसँग चुनावी तालमेल गरेको लोसपाले उपमेयरमा पुरुषोत्तम झालाई उम्मेदवार बनाएको छ ।
पार्टीले आफ्नो योग्दानको अवमूल्यन गरेका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उनले बताइन् ।
मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय आइपुगेकी मिश्रले आँँशु झार्दै भनिन्, ‘अघिल्लो स्थानीय तहको निर्वाचनमा उपमेयरमा राम्रै मत ल्याएको थिएँ । हारे पनि ५ वर्षदेखि जनताको बीचमा रहेर काम गरिरहेको थिएँ । यो पटक पनि मलाई नै टिकट दिनुपर्छ भनेर पार्टीमा दबाब पनि दिइरहेको थिएँ । तर पार्टीले मेरो अवमूल्यन गर्यो ।’
उनले थपिन्, ‘मधेशको पार्टीसँग मेरो माया छ । म अरु पार्टीमा जान पनि सक्दिन । मधेशको लागि लडेको मान्छे म । मधेशको छोरी पनि हुँ । मधेशको सेन्टिमेट पनि जोडिएको छ । पार्टीले धोका दिएको अनुभव गरें । त्यसैले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुँ ।’
प्रतिक्रिया 4