
माछापुच्छ्र्रे बैंकले विद्मुतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने ब्यवस्था गरेको छ ।
माछापुच्छ्र्रे बैंकले बीएचसी इन्टरनेसनल प्रालिसँग सम्झौता गरी बैंकको इन्स्टापे सुविधा मार्फत इलेक्ट्रोनिक ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने ब्यवस्था गरेको हो ।
सम्झौतापत्रमा बीएचसी इन्टरनेसनल प्रालिको तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले हस्ताक्षर गरे ।
पेट्रोलियम पदार्थको खपत बढिरहेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्देश्य एवम् वतावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।
बीएचसी इन्टरनेसनल प्रालिसँगको सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि शून्य प्रतिशत ईएमआईमा इन्सटापेमार्फत ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूलेे उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इन्स्टापे बाट पाउन सक्नेछन् ।
साथै बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा बीएचसी इन्टरनेसनल प्रालिको नेपाल स्थित सबै सोरुममार्फत प्रदान गरिनेछ ।
प्रतिक्रिया 4