
फोटो सौजन्य : प्रदिप गौतम
१२ वैशाख, वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेपाली कांग्रेसकी मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र शाहीले उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको हो ।
प्रमुख पदका उम्मेदवार पौडेलको प्रस्तावकमा जयराम दाहाल र समर्थकमा कृष्णव्रत सिंह रहेका छन् । शाहीको प्रस्तावकमा राजेन्द्रकुमार शाही र समर्थकमा हिराज कार्कीले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4