१३ वैशाख, काठमाडौं । मोइस केनले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए मा ससुलोमाथि २-१ को पुनरागमा जित हात पारेको छ ।
यस जितपछि युभेन्ट्सले चौथो स्थानमा पकड बनाउँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना समेत बलियो बनाएको छ ।घरेलु मैदानमा भएको खेलको ३८औं मिनेटमा जियाकोमा रास्पाडोरीले गोल गर्दै ससुलोलाई पहिले अग्रता दिलाएका थिए ।
तर, अग्रता लामो समय टिक्न सिकेन । ४५ औं मिनेटमा पाउलो डिबलाले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । ८८औं मिनेटमा मोइस केनले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।
जितपछि चौथो स्थानको युभेन्ट्सले ३४ खेलबाट ६६ अंक जोडेको छ ।
युभेन्ट्सले पाँचौ स्थानको रोमामाथि ८ अंकको अग्रता समेत बनाएको छ । लिगमा अब चार चरणको खेल बाँकी छ ।
प्रतिक्रिया 4