
१३ चैत, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा एक लाख २ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ९९ हजार ७ सय रुपैयाँबाट घटेर ९८ हजार ८ सय रुपैयाँमा आइपुगेको छ । चाँदीको मूल्य भने मंगलबार स्थिर छ ।
सोमबार जस्तै चाँदीको खरिद बिक्री मूल्य तोलामा १३ सय ५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4