
काठमाडौं । कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’को ट्रेलर रिलिज भएको छ । अनिष बज्मी निर्देशित फिल्म ट्रेलर कमेडी र हरर दृश्यले भरपुर छ ।
भुषण कुमार र मुराद खेतानी निर्माता रहेको यो फिल्म आगामी मे २० मा सिनेमा हलमा रिलिज हुँदैछ । ‘भूल भुलैया २’मा कार्तिकका अलावा कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ । हास्य-हरर जनराको यो फिल्म दर्शकका लागि प्रतीक्षित मानिएको छ ।
यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भूल भुलैया’को सिक्वेल हो । उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिषा वटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4