
काठमाडौं । भोजकुमार धमलाको पहिलो कवितात्मक कृति ‘द सेल्फिस सिटी’ लोकार्पण भएको छ । लामो समयदेखि शिक्षण पेसामा रहेका धमलाको अंग्रेजी भाषाको यो पुस्तक काठमाडौंमा कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको हो ।
कविता संग्रहका विषयमा आफ्नो धारणा राख्दै पद्मप्रसाद देवकोटाले अंग्रेजी भाषाको पुस्तक धेरै भएपनि अन्य भन्दा धमलाको ‘द सेल्फिस सिटी’ फरक रहेको बताए ।
प्रा. डा. अरूण गुप्तोले ‘द सेल्फिस सिटी’ पुस्तक व्यंग्यात्मक शैलीमा पेचिला शब्दको प्रयोग भएको बताए । यसैगरी राजनीतिक विश्लेषक मुमाराम खनालले लेखकले बहुआयामिक भूमिकामा अभिनय गरेको पुस्तकमा समाज तथा राजनीतिक परिवर्तनमा समेत महत्वपूर्ण भूमिका रहने धारणा राखे । पुस्तकमा विभिन्न खालका परिवेशको भोगाइलाई आकर्षक शैलीमा उतारेको उनले बताए ।
कार्यक्रममा लेखक धमलाले पुस्तक लेखनका अनुभव सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4