+

एसियाडका लागि आर्चरीको प्रारम्भिक छनोट वैशाख १५ गते हुने

२०७९ वैशाख  १३ गते १७:०२ २०७९ वैशाख १३ गते १७:०२
एसियाडका लागि आर्चरीको प्रारम्भिक छनोट वैशाख १५ गते हुने

१३ वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनको हान्झोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुदको लागि आर्चरीको प्रारम्भिक चरणको छनोट यही वैशाख १५ गते हुने भएको छ ।

नेपाल आर्चरी संघका महासचिव रमेशप्रसाद शिवाकोटीले सोमबार सूचना जारी गर्दै एसियाडका लागि एकदिने प्रारम्भिक छनोट हुने जनाएका छन् । छनोट प्रतियोगिता पोखरामा हुनेछ ।

‘१९औं एसियन गेम्स २०२२ को लागिबन्द प्रशिक्षणमा राख्नुपर्ने भएकोले यहि वैशाख १५ गते विहीबारका दिन प्रारम्भिक चरणको छनोटका लागि सम्पूर्ण खेलाडीहरुलाई पोखरा रंगशालास्थित राष्ट्रिय आर्चरी खेल मैदानमा उपस्थित भइ सहभागिता जनाउनका लागी सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

छनोटमा सहभागी हुने खेलाडीहरुले वैशाख १४ गते बुधबार दिउँसो ४ बजेभित्र केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष वसन्त थकालीसमक्ष आफ्नो नाम टिपाउनुपर्ने पनि सूचनामा उल्लेख छ ।

आर्चरी १९औं एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय