
काठमाडौं । न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन १७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको छ ।
प्रत्येक बुधबार र बिहीबार उक्त मूल्यमा दर्शकले प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने भएका छन् । ‘दर्शकहरुको सुविधालाई ध्यानमा राख्दै यस्तो सुविधा ल्याएका हौं,’ प्रबन्धक विनोद पौडेलले अनलाइनखबरसँग भने । अघिपछि भने टिकटको मूल्य ३५० रुपैयाँ कायमै छ ।
गत चैत ११ देखि पुनः सञ्चालनमा आएको हलमा अहिले ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शन भइरहेका छन् । मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा बन्द गरिएको रञ्जना हल तेलुगू फिल्म ‘आरआरआर’को प्रदर्शनसँगै पुनः सञ्चालनमा आएको थियो ।
पुनः सञ्चालनमा आएसँगै हलमा दर्शकको घुइँचो लागेको थियो । ‘केजीएफ-२’ र ‘आरआरआर’ले उक्त हलबाट राम्रो कमाइ समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4