
काठमाडौं । अनुपविक्रम शाही र आना शर्माको मुख्य भूमिका रहने फिल्म ‘मायाको माया’को शुभसाइत गरिएको छ । मंगलबार ललितपुरको खोकनास्थित कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो ।
मुहूर्तमा फिल्मका कलाकार, निर्माता, निर्देशक र प्राविधिक उपस्थित थिए । रोहितकरण वैद्यको निर्देशन रहने फ्यामिली ड्रामामा आना र अनुपले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको हो । पहिलोपटक यी दुई कलाकारले ठूलो पर्दामा सहकार्य गर्न लागेका हुन् ।
प्रोडक्सन प्रमुख दिनेशप्रकाश महराका अनुसार फिल्मलाई चाँडै सुटिङमा लैजाने तयारी छ । प्रकाश हमाल फिल्मका प्रोडक्सन म्यानेजर हुन् ।
आना अभिनित ‘द म्यान फ्रम काठमाण्डु’ सन् २०१९ मा रिलिज भएको थियो भने अनुप अभिनित ‘लप्पन छप्पन २’ हालै प्रदर्शनमा आएको थियो । अनुप अभिनित दुई फिल्म ‘लाखे’ र ‘जार’ प्रदर्शनको तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4