१३ वैशाख, काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ ।
उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4