
बलबहादुर थारु (ससुरा) र लक्ष्मीकुमारी चौधरी(बुहारी)
१३ वैशाख, बर्दिया । बर्दियामा ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ससुरा-बुहारी र श्रीमान-श्रीमती उम्मेदवार बनेका छन् ।
फरक राजनीतिक दलबाट गेरुवा गाउँपालिकाको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुरा उम्मेदवार बनेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट वडा नम्बर-३ को अध्यक्षमा बलबहादुर थारु उमेदवार बनेका छन् । उनकी जेठी बुहारी लक्ष्मीकुमारी चौधरी भने नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्षमा उमेदवार बनेकी हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा पनि बलबहादुर वडाध्यक्षको उमेदवार थिए । उनी दुई मतले पराजित भएका थिए ।

राजापुर नगरपालिकामा एउटै पार्टीबाट श्रीमान-श्रीमतीले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगरपालिकाको प्रमुखमा राममणि उपाध्यायले उम्मेदवारी दिंदा उनकी श्रीमती सम्झना उपाध्यायले उपप्रमुखमा उमेदवारी दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4