
१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनले अलग पार्टी नेपाली कांग्रेस वीपीबाट उम्मेदवार तय गर्दै स्थानीय तह चुनावमा डडेलधुरामा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका थिए ।
उनकै पहलमा त्यहाँ एमालेले ४ र कांग्रेस विपीले ३ पालिका पाएको छ ।
अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका कांग्रेस विपीले तथा नेकपा एमालेले परशुराम नगरपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।
प्रतिक्रिया 4