१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो दलको निर्वाचन घोषणापत्रबारे नेकपा एमालेका अध्यक्षले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार आयोजित एक कार्यक्रममा कांग्रेस प्रवक्ता महतले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको बताए ।
ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको भन्दै उनले भने, ‘उहाँले हाम्रो घोषणापत्रलाई लिएर जुन शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ । निर्वाचन आयोगले गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहान्छौं ।’
एमाले अध्यक्ष ओलीले मंगलबार एक कार्यक्रममा कांग्रेसको घोषणापत्रको आलोचना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4