
१३ वैशाख, गोरखा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गोरखामा १ हजार ९ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
११ स्थानीय तह रहेको गोरखामा स्थानीय तहको प्रमुख/उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागी उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
गोरखा नगरपालिकामा मेयर उपमेयर सहित बिभिन्न पदका लागी ३ सय १७ जनाले उम्मेदवारी दिएका छन् । मेयरमा ९ उपमेयरमा ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार १४ वडाको अध्यक्षका लागी ८७ जनाको उम्मेदवारी परेको छ । सदस्यमा २ सय ६७ जनाले उम्मेदवारी दिएको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए ।
पालुङटार नगरपालिकामा कुल ३ सय १३ जनाले उम्मेदवारी दिएका छन् । मेयर पदका लागी १२, उपमेयरमा ७ र बाँकीले वडाध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।
सिरानचोक गाउँपालिकाको बिभिन्न पदमा २ सय ८ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा ७, उपप्रमुखमा ८ र वडा अध्यक्षमा ४६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बाए ।
धार्चे गाउँपालिकामा १ सय ४४ जनको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा ५÷५ जना र वडा अध्यक्षमा २९ जनको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आरुघाट गाउँपालिकामा २ सय ४४ को उम्मेदवारी परेको छ । अध्यक्षमा ६, उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ४९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रीधर गौतमले बताए ।
भिमसेन थापा गाउपालिकामा १ सय ७८ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ६, उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ३९ जनाको उमदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अजिरकोट गाउपालिकामा १ सय २३ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागी ८, उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए ।
शहिद लखन गाउँपालिकामा १ सय ८६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ६ र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बारपाक सुलिकोट गाउँपालिकामा बिभिन्न पदका लागी ६ सय ६१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ४० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए ।
गण्डकी गाउँपालिकामा १ सय ६९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा ९, उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ३८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चुमनुव्री गाउँपालिकामा ७५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा ५, उपाध्यक्षमा ४, वडा अध्यक्षमा १९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए । वडा नम्वर ६ को अध्यक्ष सहित ८ सदस्यमा भने एकल उम्मेदवारी परेको उनले जानकारी दिए ।
गठवन्धन टुटेपछि सबै पालिकामा दलैपिच्छे उम्मेदवार
सत्ता गठवन्धन टुटेपछि गठवन्धनमा रहेका चार दलहरुले एकल प्रतिस्पर्धा गर्ने भन्दै सबै पालिकामा आफ्नो उम्मेदवार उठाएका छन् । गठवन्धनको बिषयमा सहमति गर्न मनोनयन दर्ता अघि पटक पटक बसेको बैठकमा भागवण्डा नमिलेपछि एकल रुपमा चुनाव लड्ने उनीहरुले निर्णय गरेका थिए ।
सोही अनुसार सोमवार गठवन्धनका चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीले सबै पालिकामा आफ्नो उम्मेदवार उठाएका छन् ।
तालमेलका लागी छलफलको ढोका खुल्ला रहेको बताउदै आएका उनीहरुले पालिका अनुसार बिभिन्न दलसँग चुनावी तालमेल गर्न सक्ने सम्भावना भने रहेको छ ।
११ स्थानीय तहको प्रमुख/उपप्रमुखमा दलहरुको उम्मेदवार :
नेकपा एमाले गोरखाका उम्मेदवारहरु :
१. गोरखा नगरपालिका :
मेयर– सम्झना देवकोटा
उपमेयर– दिनेश गुरुङ
२. पालुङटार नगरपालिका :
मेयर– हरि भट्ट
उपमेयर– पार्वती पाठक
३. बारपाक सुलिकोट गाउँपालिका :
अध्यक्ष– हरि बस्नेत
उपाध्यक्ष– कृष्ण कुमारी गुरुङ
४. भीमसेन थापा गाउँपालिका :
अध्यक्ष– सुवास अधिकारी
उपाध्यक्ष– रुपा भट्ट
५. अजिरकोट गाउँपालिका :
अध्यक्ष– शेखरनाथ न्यौपाने
उपाध्यक्ष– गिता कुमारी पोखरेल
६. आरुघाट गाउँपालिका :
अध्यक्ष– कृष्ण नेपाली
उपाध्यक्ष– सिता दाहाल
७. धार्चे गाउँपालिका :
अध्यक्ष– सुक घले
उपाध्यक्ष– आशा गुरुङ
८. चुमनुव्री गाउँपालिका :
अध्यक्ष– सुक बहादुर गुरुङ
उपाध्यक्ष– सानु गुरुङ
९. शहिद लखन गाउँपालिका :
अध्यक्ष– मनोज जोशी
उपाध्यक्ष– लुना थापा
१०. गण्डकी गाउँपालिका :
अध्यक्ष– बिष्णु पन्त
उपाध्यक्ष– रेणुका नहर्की
११. सिरचनाचोक गाउँपालिका :
अध्यक्ष– देवराज श्रेष्ठ
उपाध्यक्ष– शशि देवकोटा
नेकपा माओवादी केन्द्र गोरखाका उम्मेदवारहरु :
१. गोरखा नगरपालिका :
मेयर– कृष्ण राना
उपमेयर– धना गुरुङ कोइराला
२. पालुङटार नगरपालिका :
मेयर– विवश चिन्तन
उपमेयर– बन्दना पाण्डे
३. बारपाक सुलिकोट गाउँपालिका :
अध्यक्ष– बिष्णु भट्ट
उपाध्यक्ष– सन माया गुरुङ
४. भीमसेन थापा गाउँपालिका :
अध्यक्ष– लोक प्रसाद बञ्जरा
उपाध्यक्ष– जुनु श्रेष्ठ
५. अजिरकोट गाउँपालिका :
अध्यक्ष– दिपक देवकोटा
उपाध्यक्ष– अनिता भुजेल
६. आरुघाट गाउँपालिका:
अध्यक्ष– ऋषि खनाल
उपाध्यक्ष– पार्वती सापकोटा
७. धार्चे गाउँपालिका:
अध्यक्ष– लक्ष्मण गुरुङ
उपाध्यक्ष– सुनिला गुरुङ
८. चुमनुव्री गाउँपालिका
अध्यक्ष– निमा लामा
उपाध्यक्ष– लक्ष्मी गुरुङ
९. शहिद लखन गाउँपालिका :
अध्यक्ष– रमेश थापा मगर
उपाध्यक्ष– इन्दिरा तिवारी
१०. गण्डकी गाउँपालिका :
अध्यक्ष– दिपक तिमिल्सिना
उपाध्यक्ष– पार्वती गुरुङ
११. सिरचनाचोक गाउँपालिका :
अध्यक्ष– नवराज पुडासैनी
उपाध्यक्ष– पूर्ण कुमारी कडेल
जनता समाजवादी पार्टी गोरखाका उम्मेदवारहरु :
१. गोरखा नगरपालिका :
मेयर– सञ्जु भट्ट नेपाली
उपमेयर– नारायण खत्री
२. पालुङटार नगरपालिका :
मेयर– प्रेम बहादुर गुरुङ
उपमेयर– नारायणी अधिकारी
३. बारपाक सुलिकोट गाउँपालिका :
अध्यक्ष– जीवन श्रेष्ठ
उपाध्यक्ष– पम्फा देवी थापा
४. भीमसेन थापा गाउँपालिका :
अध्यक्ष– मिलन न्यौपाने
उपाध्यक्ष– रोहित पाण्डे
५. अजिरकोट गाउँपालिका :
अध्यक्ष– मिरा धिताल
उपाध्यक्ष– मन बहादुर तामाङ
६. आरुघाट गाउँपालिका
अध्यक्ष– राजेन्द्र पराजुली
उपाध्यक्ष– तृष्णा बराम
७. धार्चे गाउँपालिका
अध्यक्ष– बिस बहादुर गुरुङ
उपाध्यक्ष– सविता गुरुङ
८. चुमनुव्री गाउँपालिका
अध्यक्ष– गणेश कार्की
उपाध्यक्ष– पासाङ छेदुङ लामा
९. शहिद लखन गाउँपालिका :
अध्यक्ष– कल्पना थापा
उपाध्यक्ष– मनोज श्रेष्ठ
१०. गण्डकी गाउँपालिका :
अध्यक्ष– सानमाया आले
उपाध्यक्ष– भीम श्रेष्ठ
११. सिरचनाचोक गाउँपालिका :
अध्यक्ष– चित्र बहादुर गुरुङ
उपाध्यक्ष– शोभा सुनार
नेपाली कांग्रेस गोरखाका उम्मेदवारहरु :
१. गोरखा नगरपालिका :
मेयर– राजनराज पन्त
उपमेयर– मसली माया थोकर
२. पालुङटार नगरपालिका :
मेयर– दिपक बाबु कडेल
उपमेयर– चेत कुमारी श्रेष्ठ
३. बारपाक सुलिकोट गाउँपालिका :
अध्यक्ष– जित बहादुर घले
उपाध्यक्ष– जानुका सापकोटा
४. भीमसेन थापा गाउँपालिका :
अध्यक्ष– रोशन गुरुङ
उपाध्यक्ष– अमृता वस्ती
५. अजिरकोट गाउँपालिका :
अध्यक्ष– गोविन्द गुरुङ
उपाध्यक्ष– इन्द्र गुरुङ
६. आरुघाट गाउँपालिका:
अध्यक्ष– राजु गुरुङ
उपाध्यक्ष– कल्पना नेपाली
७. धार्चे गाउँपालिका :
अध्यक्ष– सन्तोष गुरुङ
उपाध्यक्ष– फुलमाया गुरुङ
८. चुमनुव्री गाउँपालिका:
अध्यक्ष– धन बहादुर गुरुङ
उपाध्यक्ष– मेन्टोक छोकी लामा
९. शहिद लखन गाउँपालिका :
अध्यक्ष– नारायण लामिछाने
उपाध्यक्ष– सर्मिला श्रेष्ठ
१०. गण्डकी गाउँपालिका :
अध्यक्ष– होम बहादुर राना
उपाध्यक्ष– ललिता अधिकारी
११. सिरचनाचोक गाउँपालिका :
अध्यक्ष– ज्ञानेन्द्र गुरुङ
उपाध्यक्ष– रिता देवकोटा
प्रतिक्रिया 4