
महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा हाल रहेको स्थान नेपालगञ्ज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ ।
मंगलबार आयाजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगञ्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र यस बैंकका सञ्चालक दीपक रौनियरले गरे ।
शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा पाल्नु भएकाहरुलाई यस बैंकका सञ्चालक दीपक रौनियारले कृतज्ञता ज्ञापन गरे ।
बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुबारे प्रकाश पारे । उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाए ।
प्रतिक्रिया 4