
१३ वैशाख, काठमाडौं । अधिकांश ‘क’ वर्गका बैंकहरुले नेपाल राष्ट्र बैंकको नीति विपरीत कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्छ ।
तर ९ वटा बैंकहरुको मात्रै सीडी रेसियो सीमाभित्र रहेको छ । बैंकहरुले मनपरी ढंगले कर्जा दिदा अहिले बजारमा लगानी योग्य रकमको अभाव देखिएको हो । ९ वाणिज्य बैंकहरुले भने सीडी सीमाभित्रै अर्थात ९० प्रतिशत भन्दा तल नै राखेका छन् ।
सीडी रेसियो सबैभन्दा कम प्रभु बैंकको रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म प्रभु बैंकले ८२ दशमलव ११ प्रतिशत सीडी रेसियो कायम गर्न सफल भएको छ । सीडी रेसियो कम हुने दोस्रो नम्रबमा स्टाण्डर्ड चार्टर्ड बैंक र तेस्रो नम्बरमा एनआईशी एशिया बैंक देखिएको छ ।
स्टाण्डर्ड चार्टर्डको ८२ दशमलव ६९ प्रतिशत र एनआईशी एशियाको ८६ दशमलव १८ प्रतिशत सीडी रेसियो रहेको छ । यसैगरी सानिमा बैंकको ८७ दशमलव २२ प्रतिशत, ल्क्ष्मी बैंकको ८७ दशमलव २४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ८८ दशमलव १७ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे, एनसीसी र सिद्धार्थ बैंक पनि सीडी रेसियोलाई सीमाभित्रै राख्न सफल भएका छन् । माछापुच्छ्र बैंकको चैत मसान्त्सम्म ८९ दशमलव १३ प्रतिशत, एनसीसी बैंकको ८९ दशमलव १४ प्रतिशत र सिद्धार्थको ८९ दशमलव ७८ प्रतिशत रहेको छ ।
कर्जा दिनै नसक्ने अवस्थामा अधिकांश बैंक
९ वटा बाहेकका बैंकहरु कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् । सबैभन्दा धेरै समस्यामा प्राइम कमर्सिलय बैंक देखिएको छ । यो बैंकको सीडी रेसियो १०० प्रतिशत नजिक पुगेको छ । राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार प्राइम कमर्सीयल बैंकको सीडी रेसियो ९९ दशमलव ६२ प्रतिशत पुगेको छ ।
यसैगरी धेरै सीडी रेसियो हुनेमा नेपाल एसबीआई बैंक, बैंक अफ काठमाण्डू, मेगा बैंक र सेञ्चुरी कमर्सीयल बैंक पनि देखिएको छ । नेपाल एसवीआई बैंकको सीडी ९५ प्रतिशत माथि रहेको छ भने बैंक अफ काठमाण्डूको ९४.६७, मेगा बैंकको ९४.४५ र सेञ्चुरीको ९३.५७ प्रतिशत सीडी रेसियो रहेको छ ।
अन्य बैंकको सीडीको अवस्था :
बैंकको नाम | सीडी रेसियो (प्रतिशत) |
सिभिल बैंक | ९०.२२ |
नेपाल बैंक | ९०.३६ |
एनएमबि बैंक | ९०.६० |
सिटिजन्स बैंक | ९०.६९ |
नेपाल बंगलादेश | ९१.३९ |
नबिल बैंक | ९१.४७ |
कुमारी बैंक | ९१.७७ |
एभरेष्ट बैंक | ९१.७८ |
हिमालयन बैंक | ९१.८१ |
सनराइज बैंक | ९१.८६ |
नेपाल इन्भेष्टमेन्ट बैंक | ९२.३३ |
कृषि विकास बैंक | ९२.५१ |
ग्लोबल आइएमई बैंक | ९३.०७ |
सेञ्चुरी कमर्सीयल बैंक | ९३.५७ |
मेगा बैंक | ९४.४५ |
बैंक अफ काठमाण्डू | ९४.६७ |
नेपाल एसबीआई बैंक | ९५.३५ |
प्राइम कमर्सीयल बैंक | ९९.६२ |
प्रतिक्रिया 4