
१३ वैशाख, हुम्ला । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नाम्खा गाउँपालिका-६ को वडाध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार वडाध्यक्षमा पाल्जोर तामाङको एकल उम्मेदवारी परेको हो ।
वडा सदस्यमा हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाँङ गाउँबाट महिला सदस्य पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामाको मात्रै एकल उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।
गत ३० मंसिरमा लिमेली जनताले पाल्जोर तामाङलाई अध्यक्षमा दोहोर्याउने निर्णय गरेका थिए । लिमेली जनताले वडा सदस्यहरु पनि सोही दिन टुंगो लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4