
१३ वैशाख, दाङ । दाङको दुई उपमहानगरपालिकाको प्रमुखमा २७ जनाले उम्मेदवारी दिएका छन् ।
घोराहीको प्रमुख पदमा १५ जनाले उम्मेदवारी दिएका छन् भने तुलसीपुरको प्रमुख पदमा १२ जनाले उम्मेदवारी दिएका छन् ।
घोराही र तुलसीपुर उपमहानगरपालिकामा कुल २७ जना उम्मेदवारी परेकोमा ६ जना महिलाले प्रमुखमा उम्मेदवारी दिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।
घोराहीमा गठबन्धनबाट प्रमुखमा नेकपा (माओवादी केन्द्र)का हेमराज शर्मा (डायमण्ड)ले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट घोराहीको प्रमुखमा नरुलाल चौधरीले उम्मदवारी दिएका छन् भने गठबन्धनबाट बाहिरिएको एकीकृत समाजवादीले घोराहीको प्रमुखमा रामप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।
विवेकशील साझा पार्टीबाट प्रमुखमा सूर्यप्रसाद पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा सरिता देवकोटा उम्मेदवार दिएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए ।
त्यसैगरी नेकपा मालेबाट प्रमुखमा नेत्रप्रसाद पाण्डेय, मंगोल नेश्नल अर्गनाइजेसन पार्टीबाट प्रमुखमा कल्पना चौधरी उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुखमा ठाकुर रोका, लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रमुखमा सत्यम पुन, नेपाली कांग्रेस वीपीबाट गोविन्दप्रसाद शर्मा, मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारी र नागरिक उन्मुक्ति पार्टीबाट शान्ता चौधरीले घोराहीको प्रमुखका लागि उम्मेदवारी दिएका छन् । यी ५ पार्टीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छैन ।
घोराहीमा स्वतन्त्रबाट प्रमुखका लागि ३ जनाको उपप्रमुखका लागि १ जनाको उम्मेदवारी परेको छ । जसअनुसार स्वतन्त्रबाट घोराहीको प्रमुखमा लिलाबहादुर पुन, श्रीमन कुमार शर्मा (न्यौपाने) र चुरामनी सुवेदीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै तुलसीपुरको प्रमुखमा गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरी र एमालेबाट प्रमुखमा टिकाराम खड्काले उम्मदवारी दिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट प्रमुखमा टोपबहादुर महतरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा जगधनी चौधरी र मंगोल नेशनल अर्गनाइजेसन नेपालबाट प्रमुखमा जया घर्तीमगरले उम्मेदवारी दिएका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेकपालबाट तुलसीपुरको प्रमुखका पदका लागि भुपेन्द्र भण्डारी, नेकपा मालेबाट महेन्द्र शाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट रविन्द्र नेपाली, नेपाल लोकतान्त्रिक पार्टीबाट घनश्याम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट प्रभा चौधरी, उन्नत लोकतन्त्र पार्टीबाट जस्बिर वलीले उम्मेदवरी दिएका छन् । यी ५ वटा दलले उपप्रमुखमा उम्मेदवारी दिएका छैनन् ।
तुलसीपुरमा स्वतन्त्रबाट धर्मराज जैशीले उम्मेदवारी दिएका छन् । उनी तुलसीपुरमा स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दिनेमा एक मात्र उम्मेदवार हुन । उपप्रमुखमा भने स्वतन्त्रबाट दुई जनाको उम्मेदवारी परेको छ । सुशिल नेपाली र खेमराज जोशीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया 4