+

विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण सुरु

२०७९ वैशाख  १३ गते २१:५७ २०७९ वैशाख १३ गते २१:५७
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण सुरु

१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबीए) विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२ मा सहभागी हुने नेपालका उत्कृष्ट ४ जना खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणमा बोलाएको छ । संघका प्रवक्ता श्यामकाजी अवालेले प्रशिक्षण सुरु भएको जनाएका छन् ।

मे ६ देखि २१ तारिख, २०२२मा टर्कीको ईस्तानबुल शहरमा हुन गइरहेको १२ औं विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा नेपालले ४८ केजी तौल समूहमा सुस्मन तामाङ, ५२ केजी तौल समूहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समूहमा चन्द्रकला थापा र ६० केजी तौल समूहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी ४ जना खेलाडीहरु भर्खरै थाईल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन । जस मध्ये पुनम रावलले काँस्य पदक जितेकी थिइन ।

अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ्ग प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिईरहेका छन् ।

प्रतियोगितामा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन् । प्रतियोगितामा प्रथम, दितिया र तृतीय हुनेले क्रमश: १,००,०००/-, ५०,०००/- र २५,०००/- अमेरिकी डलर नगद पुरस्कार पाउने छ । आसन्न १९ औं एशियन गेम्सको तयारीका लागि यो प्रतियोगिता महत्त्वपूर्ण हुने संघले विश्वास लिएको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय