+
+

रोल्पाका १० मध्ये ३ स्थानीय तहमा गठबन्धन

महेश न्यौपाने महेश न्यौपाने
२०७९ वैशाख १४ गते ९:०७

१४ वैशाख रोल्पा । १० स्थानीय तह रहेको रोल्पाका तीन स्थानीय तहमा चुनावी गठबन्धन भएको छ । गठबन्धन हुने स्थानीय तहहरु सुनछहरी, माडी र गंगादेव गाउँपालिका रहेका छन् ।

रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका नेता पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन रहेको छ । तीन दलीय गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उमेदवारी दिएका छन् । ७ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले ३÷३ र स्वतन्त्रले १ वडामा उम्मेदवारी दिएका छन् ।

जिल्लाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस बीच चुनावी तालमेल भएको छ । नेकपा एमालेबाट अध्यक्ष पदमा विजय घर्तीमगरले उमेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा कृष्ण विकको उमेदवारी परेको छ । ६ वडा रहेको सो गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसले  ३÷३ वडाको वडाध्यक्षमा उमेदवारी दिएका छन् ।

रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच गठबन्धन भएको छ । गठबन्धनका लागि भएको सहमति अनुसार गाउँपालिका अध्यक्ष सहित सबै वडाध्यक्ष र २६ वटा वडा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको छ । नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष सहित २ जना वडा सदस्य पाएको छ ।

सहमती अनुसार नेकपा माओवादी केन्द्रले अध्यक्षमा वीरवहादुर खत्रीले उमेदवारी दिएका  छन भने नेकपा एकीकृत समाजवादीले गाउँपालिका उपाध्यक्षमा नेपबहादुर डाँगीलाई उमेदवार वनाएको छ  ।

जिल्लाका रोल्पा नगरपालिका, सुनिलस्मृती गाउँपालिका, थवाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा भने गठबन्धन हुन सकेन ।

रोल्पामा गठबन्धन भएका स्थानीय तहहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?