
मर्जरको सहमति गर्दै दुई बैंकका प्रतिनिधि । तस्वीर : फाइल
१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ । मर्जर तोडेको भन्दै राष्ट्र बैंकले यी दुई बैंकहरूलाई कारबाही गरेको हो ।
दुई बैंकबीच मर्जरमा जाने सहमति भएको थियो । तर मर्जर सम्पन्न नभइ भाँडियो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले दिएको जानकारी अनुसार दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का भएको छ ।
गत वर्षको वैशाख ३० गते मर्जरमा जाने सहमति गरेका दुई बैंक करिब एक वर्षसम्म पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।
दुवै बैंकलाई पुनः अर्को संस्थासँग मर्जरमा जान समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन पछि हिमालयन बैंकले मर्जरका लागि छलफल समेत अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4