
१४ वैशाख, काठमाडौं। ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनका लागि राजनीतिक दलका चुनाव प्रचार सामग्री बनाउन यतिबेला बागबजारका आर्ट पसलहरुमा भ्याइ नभ्याइ छ ।
आर्ट पसलहरुमा जताततै चुनाव प्रचार सामग्री झण्डा, क्याप, ब्याच, टिसर्ट लगायत बनाउन व्यस्त देखिन्छन् ।
बागबजारमा रहेको कामना आर्टसका नरेश चौधरी चुनाव नजिकिदा विभिन्न राजनीतिक दलका प्रचार सामग्री छाप्न भ्याई नभ्याई रहेको बताए ।
उनले अनलाइनखबरसँग भने’ स्थानीय चुनाव आउन लाग्दा विभिन्न राजनीतिक दलहरुले चुनाव प्रचार सामग्री बनाउन व्यस्त छु। अहिले त हामीलाई दैनिक १० हजार बढी प्रचार सामग्रीहरु छाप्नुपर्छ। यसका लागि थप काम गर्ने मान्छे राख्नु परेको छ। ‘
यस्तै बागबजारमै रहेको आर्ट इन्टरनेशनलकी माया चौधरीलाई पनि चुनाव प्रचार सामग्री छाप्न भ्याई न भ्याई छ। उनी भन्छिन्, ‘चुनावी गतिविधि बढेपछि त हामीलाई रातदिन नसुति प्रचार सामग्री बनाउनु परेको छ। दैनिक ८ हजार बढी छाप्छौं।’
खासगरी मुख्य राजनीतिक दलले बढी प्रचार सामग्री अर्डर दिएको उनले बताइन् ।
हेर्नुस् तस्वीरहरु :
प्रतिक्रिया 4