
काठमाडौं । मलयालम अभिनेता तथा निर्माता विजय बाबुमाथि एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । केरला प्रहरीमा उनीविरुद्ध जाहेरी परेको छ ।
एक महिलाले एर्नकुलम दक्षिण प्रहरीमा विजय बाबुविरुद्ध उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विजयले ती महिलामाथि पटकपटक यौन शोषण गरेको आरोप छ ।
प्रहरीका अनुसार महिलाले विजयले कोच्ची जाने क्रममा विमानमा समेत यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । अप्रिल २२ मा दर्ता भएको मुद्दाबारे अनुसन्धान प्रक्रिया भने खासै अगाडि नबढेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4