+
+

दृष्टिविहीन आरोही अमिट केसीलाई सरकारले दियो रोयल्टी छुट र १० लाख

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १५:३८

१४ वैशाख, काठमाडौं । नेपाल सरकारले दृष्टिविहिन सगरमाथा आरोही अमिट केसीलाई सगरमाथा चढ्न रोयल्टी छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को २४ चैतको निर्णय अनुसार रोयल्टी रकम छूट दिई १० लाख रुपैयाँ सहयोग समेत गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

बागलुङ जिल्ला जैमिनी नगरपालिकाका केसीले यसै सिजनमा सगरमाथा चढ्ने भएका छन् । उनले सगरमाथा आरोहण सफलतापूर्वक गरेमा फरक क्षमता -दृष्टिविहीन) भएका नेपाली नागरिकका रुपमा सगरमाथा चढ्ने कीर्तिमान कायम हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?