+
+

उपाय सिटी कार्गोको सेवा विराटनगरमा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १५:५०

उपाय सिटी कार्गोले हालसालै आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ । देशभर सेवा विस्तार गर्ने लक्ष्य लियको उपाय सिटी कार्गोले हाल सम्म काठमाण्डौं, बुटबल, भैरहवामा आफ्नो सेवा बिस्तार गरि, सामान ढुवानीको व्यवसायीमा ख्याती कमाउन सफल भएको छ ।

सोही प्रक्रिया अन्तर्गत प्रदेश १ मा व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण सहर, बिराटनगरबाट आफ्ने सेवाको विस्तार गर्ने जानकारी यस कम्पनीका मेनेजिङ्ग डाइरेक्टर सुमन रायमाझीले बताए ।

नेपालमै पहिलो पटक ढुवानी सेवा अनलाइन प्रविधि मार्फत ढुवानी व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको छ । ग्राहकहरुले ढुवानी सेवा लिनका लागि मोबाईलमा उपाय सिटी कार्गोको एप डाउनलोड गरि आफ्नो विवरण राखेर साइन अप गर्नु पर्नेछ ।

यसबाहेक ग्राहकले  रिक़ुएस्ट वेबसाइट, कलसेन्टर अथवा इमेल गरेर समेत सेवा लिन सकिने छ । ग्रहाकको  रिक़ुएस्ट आएपछि एपमा आवद्ध भएका चालकको फोनमा अटोमेटिक म्यासेज जानेछ । त्यसपछि चालकले आफै रिक़ुएस्ट एक्सेप्ट गर्न मिल्लनेछ ।

उपाय सिटी कार्गोको ढुवानी सेवा विराटनगरका साथै इटहरी, धरान, इनरुवा र उर्वाबारीसम्म पुर्याउने कामको थालनी  दुई महिना अगाडिदेखि नै सुरु गरिएको जानकारी विराटनगरका निर्देशक दिवस दाहालले दिए। यसका साथै उनले हालसम्म २०० सवारीका चालकलाई यस बारेमा जानकारी गराएको कुरा पनि जानकारी गराए । हालसम्म  यहाँ देश भर बाट  ३,०० चालक, ७०० संस्थागत सेवाग्राही, र व्यक्तिगत रुपमा सेवा लिनेको संख्या पनि ठूलो रहेको छ ।

नेपालमा सस्तो, सजिलो र भरपर्दो ढुवानी सेवा प्रधान गर्ने उदेश्य लिएको उपाय सिटी कार्गो मार्फत दुई किलोमिटर दुरीसम्म सामान ढुवानीका लागि ६०० रुपिँया लाग्ने र त्यसपछि क्रमशः किलोमिटरका हिसाबले ढुवानी खर्च लाग्ने कुरा विराटनगरका लागि फ्रेन्चआईच पार्टनर दाहालले बताए ।

उपाय सिटी कार्गोको औपचारिक शुभारम्भ कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललाई प्रथम अथितिका रुपमा निमन्त्रणा गरिएको थियो । उक्त कार्यक्रममा सहभागी हुँदै रिजालले अब ट्रेडिङका सामान एक स्थानबाट अर्को स्थानमा पुयाउने वैधानिक र संगठित कम्पनीको सुविधा शहरमा भित्रिएको जानकारी गराएका थिए ।

उनले सूचना र र प्रविधिको प्रयोग गरी ढुवानी क्षेत्रमा नयाँ सोच सहित बिराटनगरमा आएको उपाय सिटी कार्गो स्वागत अनि प्रसंसा पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?