१४ वैशाख, काठमाडौं । एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा दिएका छन् ।
एमालेबाट जे भनेर विद्रोह गरेको त्यही प्रवृति एकीकृत समाजवादीमा देखा परेकाले आफूले राजीनामा दिएको अध्यक्ष पोखरेलले बताए ।
‘एमालेमा विधि र पद्धति भएन भनेर विद्रोह गर्यौं । अहिले सोही प्रवृतिको सिकार हुने स्थिति आएपछि पार्टीबाट अलग हुने निर्णय लिएको हुँ’ उनले अनलाइनखबरसँग भने ।
पोखरेलसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीसहित चार जना सचिवालय सदस्य र १० जना जिल्ला कमिटी सदस्यले सामुहिक राजीनामा दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4