
१४ वैशाख, काठमाडौं । ललितपुरमा मनाइने ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको अनुहार सजाइएको छ । ललितपुरको मच्छिन्द्रबहालमा रहेको मन्दिरमा रातो मच्छिन्द्रनाथको अनुहार सजाइएको हो ।
वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदाको दिनदेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना रातो मच्छिन्द्रनाथको रथ यात्रा हुन्छ। यसअविधिमा रथलाई ललितपुरको टोल-टोलमा घुमाइन्छ।
मच्छिन्द्रनाथलाई पुल्चोकमा तयार पारिएको रथमा राखिन्छ । चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल र जावलाखेल पुर्याइन्छ । रथ जावलाखेल पुर्याएको दिन भोटो देखाउने गरिन्छ । यसवर्ष वैशाख १८ गतेदेखि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरू हुन्छ ।
रथ तान्न सुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ। रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्याउने चलन छ। पुल्चोकबाट जात्रा सुरु हुन्छ। यो जात्रा करिब १६ सय वर्ष पुरानो मानिन्छ।
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
हेर्नुस् तस्वीरहरु :
प्रतिक्रिया 4