
फाइल तस्वीर
१४ वैशाख, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारको मनोनयन फिर्ता गराउन चितवनको भरतपुर पुगेका छन् ।
नेकपा माओवादी केन्द्रको भागमा भरतपुरको मेयर उम्मेदवार परेपछि नेपाली कांग्रेसका कार्यकर्ता असन्तुष्ट बनेका छन् । असन्तुष्ट पक्षबाट पूर्वसांसद समेत रहेका जगन्नाथ पौडलले मेयरमा बागी उम्मेदवारी समेत दिएका छन् ।
सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धन भित्रैबाट कांग्रेस कार्यकर्ता बागी उम्मेदवार बनेपछि गृहमन्त्री खाँण असन्तुष्टलाई मनाउन भरतपुर पुगेका हुन् ।
बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4