
१४ वैशाख, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खिम थापाले पार्टी परित्याग गरेका छन् ।
बागलुङ नगरपालिका–१० भकुण्डेका थापा नेकपा एमाले भकुण्डेको इन्चार्ज र पर्यटन विभाग प्रमुख हुन् ।
सामाजिक सञ्जालमा अपिल लेख्दै थापाले एमालेबाट अलग घोषणा गरेका हुन । भकुण्डेको वडा अध्यक्षका लागि आकांक्षी रहेका थापाले उम्मेदवार छनोटमा आफूलाई अन्याय भएको भन्दै पार्टी परित्याग गरेर स्वतन्त्र रहेको बताए ।
पार्टीको वडा इन्चार्ज र वडा अध्यक्षको दावेदार भएता पनि वडाको उम्मेदवार बनाउँदा वास्ता नगरेको उनको गुनासो छ । उनले भने, ‘अधिकतम कार्यकर्ताको चाहना के छ भनेर सल्लाह नगरी जनताको भविश्वप्रति खेलवाड गरेकाले पार्टी छाड्ने निर्णयमा पुगें ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4