
फाइल तस्वीर
१३ वैशाख, काठमाडौं । सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले यसअघिको समय तालिका संसोधन गर्दै २३ वैशाखमा काठमाडौंमा दिनको १ बजे केन्द्रीय तहको चुनावी सभा गर्ने निर्णय गरेको हो । यसअघि सत्ता गठबन्धनले ८ वैशाखमा सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको संयन्त्रको बैठकले गठबन्धनका दलहरुले स्थानीय तहमा आवश्यकता अनुसार चुनावी सभा गर्न सक्ने निर्णय समेत गरेको छ ।
हेर्नुहोस् विज्ञप्तिः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4