
१४ वैशाख, काठमाडौं । पछिल्लो समय इन्स्टाग्राम प्रयोगकर्ताहरुमा इन्स्टाग्रामको आफ्नो सबैभन्दा पूरानो कमेन्ट शेयर गर्ने ट्रेण्ड चलिरहेको छ ।
यो सँगै प्रयोगकर्ताहरुले आफ्नो सबैभन्दा पूरानो इन्स्टाग्राम कमेन्ट सम्मिलित भिडियो तयार गरे इन्स्टाग्राम रिल्स तथा टिकटक भिडियो तयार गरिरहेका छन् ।
वास्तवमा कुनै सोसल मिडियामा आफुले गरेको पहिलो कमेन्ट खोज्नु निकै झञ्झटिलो काम हो जस्तो लाग्दछ । तर यथार्थमा यो निकै सरल छ । इन्स्टाग्रामले हालै एउटा नयाँ फिचर ल्याएको छ जसले प्रयोगकर्तालाई आफ्ना पोष्ट, कमेन्ट तथा सोसल मिडिया प्लाटफर्मका अन्य एक्टिभिटीहरुलाई सजिलैसँग डिलिट गर्न सहयोग गर्दछ ।
इन्स्टाग्रामको यो फिचर Your Activity खण्डमा रहेको छ । यसमार्फत् इन्स्टाग्राम प्रयोगकर्ताले इन्स्टाग्रामका आफ्ना पोस्ट, स्टोरिज, आइजिटिभी तथा रिल्स भिडियोलाई अनुगमन गर्न, एकैचोटी डिलिट गर्न वा आर्काइभ गर्न सक्दछन् ।
साथै आफूले गरेका कमेन्ट, लाइक्स, स्टोरी स्टिकर रिएक्सन आदिलाई पनि डिलिट गर्न वा आर्काइभ गर्न सकिन्छ । यसक्रममा यदि तपाइँले इन्स्टाग्राममा आफुले गरेको पहिलो कमेन्ट के रहेछ ? भन्ने थाहा पाउन चाहनुहुन्छ भने निम्न विधि अपनाउन सक्नुहुनछ :
- आफ्नो स्माटफोनमा इन्स्टाग्राम अकाउन्ट लगइन गर्नुहोस्
- त्यसपछि पिँधको दायाँपट्टि रहेको प्रोफाइल पिक्चरमा ट्याप गरी आफ्नो प्रोफाइलमा जानुहोस्
- स्क्रिनको दायाँ माथिपट्टि रहेको तिनधर्के आइकनमा ट्याप गर्नुहोस्
- मेन्यूमा रहेका Your Activity अप्सनमा थिच्नुहोस्
- Interactions अप्सनमा थिच्नुहोस्
- Comments मा थिच्नुहोस् र त्यसपछि Sort and Filter मा थिच्नुहोस् त्यसपछि Oldest to Newest अप्सनमा थिच्नुहोस् र अन्त्यमा Apply बटनमा थिच्नुहोस् ।
यसो गरिसकेपछि तपाइँले इन्स्टाग्राममा गरेका कमेन्टहरु सबैभन्दा पूरानो देखि नयाँ सम्म क्रमैसँग देखिन्छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4