
महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा सरेको छ । बुधबार आयाजित एक विशेष कार्यक्रमका बीच शाखाको उद्घाटन संयुक्त रुपमा राजापूर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले गरे ।
शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुबारे प्रकाश पारे ।
उनले बैंकले आˆना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाए ।
प्रतिक्रिया 4