
१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।
विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।
चालु आर्थिक वर्ष ०७८/७९ को ६-९ महिनासम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आंकडा तथा सूचनाहरुका आधारमा तयार गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4