
बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ०१, बगरस्थित बगर शाखाको उद्घाटन भएको छ । एक समारोहका बीच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक उद्घाटन गरे ।
उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । बैंकले गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरी आम जनमानसहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै्र बैंकको प्रशंसा गरे ।
शाखा कार्यालयले स्थानीय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको जानकारी दिए ।
प्रतिक्रिया 4