
मालिस गर्ने तेलको रुपमा चर्चित नवरत्न तेलले ‘नवरत्न आयल फ्रि हेड मसाज क्याम्प गरिरहेको छ ।
पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य शहरहरु संचालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म सञ्चालन हुनेछ ।
जुन क्याम्पबाट लाखौं ग्राहकहरुले तेल मालिसको लाभ लिन सक्ने कम्पनीले बताएको छ ।
क्याम्प सञ्चालनका सम्बन्धमा जानकारी दिंदै नवरत्न तेलका ब्राण्ड मेनेजर विकास तिवारीले भन्छन्,’हाल नेपालमा कोरोना महामारीको अवस्था लगभग शून्य छ । विगतमा कोरोनाकै कारण हामीले
आम उपभोक्ताहरुले अत्यन्त रुचाउनु भएको यो क्याम्प संचालन गर्न असमर्थ भएका थियौं ।’
अहिलेको क्याम्पको अवधिभर हामीले ५० जिल्लाका करिब १० लाख जनाले फ्रि हेड मसाजको फाइदा लिनु हुने अपेक्षा गरेको उनले बताए । क्याम्पमा सहभागी भएर मालिसको आनन्द उठाउन हुन आग्रह गरे ।
‘आजको तनावले भरिएको जिन्दगीमा केही राहतको महसुस गर्न नवरत्न तेल उपयोगी हुनेछ । बहु
उपयोगी यो तेलले कुनै प्रकारको साइड इफेक्ट नगर्ने प्रमाणित भैसकेको छ,’ उनले भने । पि|m हेड मसाज क्याम्प २४ चैत्र, २०७८ देखि ११ जेष्ठ २०७९ सम्म सञ्चालन हुँदैछ ।
प्रतिक्रिया 4