
१५ वैशाख, काठमाडौं । सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन् ।
उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कूटनीतिक नियोगहरुबाट विद्युतीय राहदानी जारी कार्य भइरहेको बताइन् ।
राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उनको भनाइ थियो ।
उनले राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4