+
+

वीरगञ्जमा विश्व स्वास्थ्य तथा सुरक्षा दिवसमा प्रभातफेरि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १६:४३

१५ वैशाख, वीरगञ्ज । विश्व स्वास्थ्य तथा सुरक्षा दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको छ । इन्डस्ट्री अल नेपालको आयोजनामा वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको हो ।

कार्यस्थलमा सुरक्षा र स्वास्थ्यबारे सचेतना जगाउन हरेक वर्ष २८ अप्रिलमा यो दिवस मनाइने गरिएको छ । प्रभातफेरिमा सहभागीहरुले सचेत बनौं, सुरक्षित रहौं, कार्यस्थलमा उचित औजारको प्रयोग गरौं, सुरक्षा पहिले, श्रम ऐन लागू गरौं, सामाजिक सुरक्षा ऐन लागू गरौं लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

वीरगञ्जको घण्टाघरबाट निस्किएको प्रभातफेरि माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै माइस्थानस्थित पार्कमा आएर सभामा परिणत भएको थियो ।

सभामा बोल्ने वक्ताहरुले श्रमिकको सुरक्षा र स्वास्थ्यमा गरिने लगानी खेर जाने खर्च नभएर उत्पादन बढाउन सघाउने सूत्र भएको बताए ।

कार्यक्रममा उद्योग ट्रेड युनियनकी सचिव गीता भण्डारीले रोजगारदाताले आवश्यक सुरक्षा प्रबन्धन नगरिदिँदा काम गर्ने समयमा मजदुर असुरक्षित हुने गरेको बताइन् ।

नेपाल कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशीले व्यवसायजन्य स्वास्थ्य सुरक्षाका लागि निरन्तर आवाज उठाउनुपर्ने बताए ।

श्रम कार्यालय वीरगञ्जका प्रमुख श्रम अधिकृत प्रशान्त साहले व्यक्ति अस्वस्थ भएमा व्यक्ति मात्रै नभएर उधोग र परिवार समस्यामा पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?