१५ वैशाख, काठमाडौं । अलराउण्डर बेन स्टोक्स इंग्लिस टेस्ट क्रिकेट टिमको नयाँ कप्तान नियुक्त भएका छन् । उनी इंग्ल्याण्डको टेष्ट टिमको ८१औं कप्तान बनेका हुन् ।
पुरुष क्रिकेट टिमको म्यानेजिङ डिरेक्टर रोब के ले स्टोक्सलाई कप्तानीमा सिफारिस गरेका थिए भने इंग्लयाण्ड तथा वेल्स क्रिकेट बोर्डले त्यसलाई अनुमोदन गरेको हो ।
स्टोक्सले अब जो रुटको स्थान लिनेछन् । रुटले अष्ट्रेलिया र वेष्ट इन्डिजको क७न भ्रमणपछि यसै महिनाको सुरुमा कप्तानी छाडेका थिए ।
स्टोक्सले यसअघि सन् २०२० मा रुट अनुपस्थित हुँदा वेष्ट इन्डिज विरुद्ध टेष्ट क्रिकेटमा कप्तानी गरिसकेका छन् । यस्तै रुटले गत वर्ष पाकिस्तान विरुद्धको तीन खेलको ओडिआईमा पनि कप्तानी गरेका थिए ।
कप्तानको रुपमा स्टोक्सको पहिलो टेष्ट न्युजिल्याण्डविरुद्ध हुनेछ ।
स्टोक्सले इंग्लयाण्डका लागि ७९ टेष्ट म्याच खेलेका छन् भने ११ शतक २६ अर्धशतकसहित ५ हजार ६१ रन बनाएका छन् । यस्तै बलिङमा उनले १७४ विकेट लिएका छन् ।
प्रतिक्रिया 4