+

खेलाडीहरुले भने : अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो छ

२०७९ वैशाख  १५ गते १७:५६ २०७९ वैशाख १५ गते १७:५६
खेलाडीहरुले भने : अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो छ

१५ वैशाख, काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टिमको प्रशिक्षण छाडेको भन्दै १० जना खेलाडीले उनको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताएका छन् ।

सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै खेलाडीहरुले गरेको पत्रकार सम्मेलनमा उनीहरुले यही प्रशिक्षक रहेमा टिममा फर्किन नसकिने बताए ।

अखिल नेपाल फुटबल संघ एन्फको सातदोबाटोस्थित होस्टलमा बस्न धेरै नै समस्या रहेको भन्दै आफूहरुलाई होटलमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा प्रशिक्षकले रोहित चन्दलाई निकालेको खेलाडीले बताए ।

‘त्यसबारेमा कुरा गर्न खोज्दा उहाँले छाडेर जाओ भन्नुभयो’, खेलाडी अनन्त तामाङले भने, ‘अब यही कोचले प्रशिक्षणामा बोलाए हामीलाई गाह्रो हुन्छ ।’

प्रशिक्षकले मैदान भित्र नभइ मैदान बाहिर पनि समस्या निकालेको उनको आरोप छ । ‘तेरो कपाल लामो भयो, ट्याटु किन बनाइस् भन्ने कुरा निकालेर हामीलाई दबाब दिइयो,’  उनले भने,

‘यस्तो अभ्यास विश्वको फुटबलमा कही कतै पनि छैन ।’

पत्रकार सम्मेलनमा चन्दले भने, ‘हामीले कोच हटाउनुपर्छ भनेका छैनौं । तर हामीलाई उहाँको अण्डरमा खेल्न गाह्रो छ । उहाँलाई हामीप्रति ट्रस्ट हुन्न, हामीलाई पनि हुन्न ।’

तर देशका लागि खेल्दैनौं भनेर कहिल्यै नभन्ने उनीहरुले बताए । अन्जन विष्ट भन्छन्, ‘जस्तो सुकै परिस्थितिमा पनि हामी देशका लागि खेल्दैनौं भनेर कहिल्यै भन्दैनौं ।’

अनन्त तामाङ फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय