
१६ वैशाख, काठमाडौं । पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सदभावना दूत नियुक्त गर्दै छ ।
आज दिउँसो २ बजे मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमका बीच साहलाई सदभावना दूत नियुक्त गर्न लागिएको हो । साह सदभावना दूत नियुक्त भएपछि पर्यटन प्रवर्द्धन गर्नेछन् ।
सेफ साहले नेपालका विभिन्न परिकारहरुलाई विश्वमाझ चिनाउँदै आएका छन् । लण्डनमा भएको बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० मा उनले नेपाली मौलिक परिकारहरु पस्किएका थिए । हालै नेपालको १० दिन भ्रमण गरेर उनले नेपाली खाना प्रवर्द्धनमा सक्रिय भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4