+
+

बन्दुक देखाएर सप्तरीमा गरगहना लुटपाट 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १२:३७
प्रतीकात्मक तस्वीर

१६ वैशाख, राजविराज । बन्दुक देखाएर सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार राति सुनको गरगहना लुटपाट भएको छ ।

वडा नम्बर-७ स्थित मिथिलेश मिश्रको घरमा राति २:३० बजे ६ जनाको समूहमा आएको नकावधारी समूहले ६ लाख बराबरको गरगहना लुटेर लगेका छन् ।

घरमा मिश्रको छोरा बुहारी र बच्चा सुतिरहेको अवस्थामा डाकाहरुले खुकुरी, बन्दुक देखाएर सुन चाँदीको गरगहना लुटेर लगेको इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

‘मास्क तथा कपडाले मुख छोपी खुकुरी र बन्दुक जस्तै देखिने हतियार देखाएर ६/७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको छ’ सिंहले भने । डकैतीबारे प्रहरीले अनुसन्धान गरी रहेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।

यता पीडित परिवारजनले भने करिब ५० लाख रुपैयाँ बराबरको नगद र गरगहना लुटेर लगेको दाबी गरेका छन् । सुरुङ्गाको यो घट्नाले स्थानीय तहको निर्वाचनको बेला सुरक्षा चुनौती थपिएको स्थानीयहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?